- अर्थ सरोकार सम्बाददाता
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्जल क्षेत्रीय अस्पतालमा उपचार १३ जना कोरोना संक्रमित व्यक्ति निको भएका छन् । अस्पतालको आइसोलेसनमा उपचाररत पोखरा महानगरपालिका विभिन्न वडाका ११ जना छन् । यस्तै माछापुच्छ्रे गाउँपालिका-६ का एक जना र स्याङजाको पुतलीबजार नगरपालिका–११ का एक जना डिस्चार्ज भएका हुन् ।
प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यका अनुसार अब प्रतिष्ठानमा अब १८ जना संक्रमित उपचाररत छन् ।