
- अर्थ सरोकार सम्बाददाता
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की मास्क नलगाई सार्वजनिक ठाउँमा हिँडेको आरोपमा सोमबार १ सय २ जनालाई प्रहरीले कारबाही गरेको छ । उनीहरुलाई प्रतिव्यक्ति सय रुपैयाँ जरिवाना तिराई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिएका छन् ।
कारबाहीमा पर्नेमा ८८ जना पुरुष र १४ जना महिला छन् । उनीहरुलाई जरिवाना तिराएर छाडिएको छ । ‘संक्रामक रोग ऐन अन्तर्गत खासमा सय रुपैयाँ जरिवाना र एक महिना कैद हो । तर, सीडीओ कार्यलयबाट अहिले पैसामात्र जरिवाना गर्न आदेश आएकाले त्यही अनुसार गरेका हौं,’ उनले भने ।
जारी लकडाउन खुकुलो बनाए पनि कोरोना भाइरस (कोभिड १९) फैलिन नदिन सरकारले अनिवार्य मास्क लगाउन निर्देशन जारी गरेको छ । उक्त निर्देशनविपरीत अटेरी गर्नेलाई कारबाही गर्नुपरेको प्रवक्ता हमालले बताएका छन् ।
नेपाल सरकारले मंगलबारबाट अनिवार्य रुपमा मास्क र न्यूनतम २ मिटरको दूरी कायम गरी लकडाउन पालना गराउन र त्यसो नगरेको पाइएमा कारबाही गर्न निर्देशन दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्