- अर्थ सरोकार सम्बाददाता
पोखरा । पोखरामा मास्क नलगाई हिँड्ने ११० जनालाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । सम्झाई–बुझाई गर्दासमेत अटेर गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरी संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो।
एक सय १० जनालाई पक्राउ गरी १ सय रुपैयाँ जरिबाना तिराएर छाडिएको कास्की प्रहरीले जनाएको छ ।कारबाहीमा पर्नेमा ९५ पुरुष र १५ महिला छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार सामाजिक दुरी कायम नगर्ने र मास्कको प्रयोग नगर्नेमाथि कारबाही गरिएको हो ।