×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाइसेन्स बनाइदिन्छु भन्दै रकम असुलेपछि थानकोट प्रहरीको फन्दामा, प्रतिव्यक्ति साढे १३ हजार ठगी गरेको आरोप

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लाइसेन्स बनाइदिन्छु भन्दै रकम असुलेपछि थानकोट प्रहरीको फन्दामा, प्रतिव्यक्ति साढे १३ हजार ठगी गरेको आरोप

Artha Sarokar

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महानगरीय प्रहरी बृत्त थानकोटको स्पेशल टाक्स फोर्सले घरमै बसी बसी सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्राप्त भएको जानकारी अनुसार पक्राउ पर्नेमा मुगु खत्याड गाउँपालिका–८ घर भइ हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय प्रेमराज पाण्डे रहेका छन् ।
उनलाई महानगरीय प्रहरी वृत्त, थानकोटले खरिबाटेबाट पक्राउ गरिएको डीएसपी राजकुमार श्रेष्ठले बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा पाण्डेले चन्द्रागिरि–४ का मंगल श्रेष्ठ र शैसव श्रेष्ठ लगायतलाई लाइसेन्स बनाइदिन्छु भनेर प्रतिव्यक्ति साढे १३ हजार रुपैयाँ लिएको खुलेको छ । यस सम्बन्धमा मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत ठगी सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी