×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकले पायो २० लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति !

PRIME CA
GLOBAL IME BANK

प्रभु बैंकले पायो २० लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति !

२ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। प्रभु बैंकले २० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकलाई ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । बोर्डले बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति दिएको हो । बैंकले जारी गर्ने ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १२ लाख कित्ता संघसंस्थालाई बिक्री गरिनेछ ।
बैैंकले ८ बर्ष अवधिको ‘प्रभु बैंक ऋणपत्र–२०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । रेटिङ एजेन्सी केएर नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: