×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु र समृद्धि क्यापिटलको एकीकृत कारोबार सुरु

LAXMI SUNRISE BANK

प्रभु र समृद्धि क्यापिटलको एकीकृत कारोबार सुरु

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ। प्रभु क्यापिटल र समृद्धि क्यापिटल मर्जर पश्चात एकिकृत कारोबार सुरु भएको छ । दुबै संस्था एक आपसमा गाभिए पश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन् । 
कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले मर्जर पछि प्रभु क्यापिटलले गुणस्तरीय सेवा प्रदान गरी पूँजी बजारमा महत्वपूर्ण योगदान दिने विश्वास लिएको बताए । यसका साथै ढुङ्गानाले आफ्नो क्षमता र योग्यता देखाउन सक्ने संस्थामात्र बजारमा रहन सक्ने वास्तविकता औल्याउँदै प्रभुले पक्कै पनि पूँजी बजारमा आफ्नो दरिलो स्थान बनाउने विश्वास लिएको बताए ।
त्यस्तै समृद्धि क्यापिटलका अध्यक्ष एलपि भानु शर्माले पूँजीबजार व्यक्तिमात्रै नभई समाज भएको कुरालाई जोड दिदै ठूलाठूला संस्थाहरु नबनि देश नबन्ने भन्दै धितोपत्र बोर्डलाई नियामकीय दायरा फराकिलो बनाईदिन आग्रहसमेत गरे । यस्तै प्रभु गु्रपका अध्यक्ष देवी प्रकाश भट्टचनले देशको राजनीतिक अवस्थाले आर्थिक क्षेत्रमा प्रभाव पर्ने बताउँदै आर्थिक क्षेत्रको विकासकालागि स्थिर सरकार र आर्थिक क्षेत्र प्रति सकारात्मक र बलियो धारणा राख्ने सरकार हुनुपर्नेमा जोड दिए । 
कार्यक्रमको अध्यक्ष तथा मर्जर कमिटिका संयोजक समेत रहेका तत्कालिन प्रभु क्यापिटलका अध्यक्ष बिनोद थकालीले मर्जर पश्चात क्यापिटलको अधिकृत पूँजी १ अर्ब रुपैयाँ र चुक्ता पूँजी ८१ करोड ७१ लाख रुपैयाँ पुगेको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी