×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल बैंक लिमिटेडका कर्मचारीको फेसबुक ह्याक गरेर, प्रभु बैंकका कर्मचारी ठगिए… यसरी भयो ठगी ! (भिडियो)

  • अर्थ सरोकार टेलिभिजन कार्यक्रम 
पछिल्लो समय कसैको फेसबुक एकाउन्ट ह्याक गरी पैसा माग्ने, र ठगी गर्नेहरु बढेका छन् । अर्काको एकाउन्टबाट गाह्रो पर्यो, आपत् पर्यो भन्दै पैसा माग्ने र ठगी गर्ने गिरोह सक्रिय हुँदा कतिपय बैंकरहरु नै त्यस्ता ठगहरुको सिकार बनेका छन् । त्यस्तै घटना घट्यो धनगढीमा । धनगढीका बैंकर सोहित अर्याललाई मिति २०७७/०१/०१ अर्थात् नया वर्ष २०७७ का दिन उनकै अत्यान्त मिलनसार दाजु सुरत कार्कीका नाममा फेसबुक मेसेन्जरमा मेसेज आयो । 
सुकरात कार्कीको फेसबुकमार्फत आएको मेसेजमा मोबाइल बैंकिङ नचलेकाले अत्यन्तै अर्जेन्ट परेको भन्दै १३ हजार पैसा मागियो । आफ्ना नजिकका दाजु अफ्ट्यारोमा परेको थाहा भएपछि उनले पैसा पठाए । लकडाउनका समय भएकाले साच्चै अफ्ट्यारो परेको होला भनेर भनिएकै नम्बर अर्थात ९८१८१०७३०२ मा पैसा पठाए । यसअघि पनि लेनेदन भइरहने र आवश्यक परेका बेला आफुलाई पनि सहयोग गर्ने भएकाले उनले तुरुन्त भनिएको नम्बरमा पैसा पठाइदिए । 
तर उनी त्यो बेला झसङ्ग भए जुन बेला सुरत कार्कीले उनको फेसबुक ह्याक भएको र धेरै साथीहरुसंग यसरी पैसा मागिएको बताए । जव उनले ठगहरुको यस्तो हर्कत थाहा पाए, त्यति बेला सम्म ठगहरुले उनका विभिन्न साथीहरुबाट ३१ हजार ३ सय पचास रुपैयाँ ठगी गरिसकेका रहेछन् । 
यसो त यसरी ठगीमा पर्ने व्यक्ति उनीमात्र पहिलो होइनन् । न त यसरी ठगको सिकार बनेका उनी एकमात्र बैंकर हुन् । ठगहरुले विभिन्न बहानामा यसरी थुप्रै बैंकरहरुलाई ठगिरहेका छन् । अहिले यस्ता ठगहरुको हर्कतका थुप्रै उजुरी साइबर ब्युरो र सीआइबीमा परिरहेका छन् । साच्चै हो, जस्तो गरेर अरुको फेसबुक एकाउन्टबाट च्याट गरी पैसा माग्ने, र ठगी गिरोहले गुमराहमा पारेर यसरी थुप्रै बैंकरहरुबाट लाखौँ रुपैयाँ ठगिरहेका छन् । लकडाउनका बेला साथीलाई गाह्रो पर्यो होला, वा केहि पर्यो होला भनेर पैसा पठाएर थुप्रै बैंकरको लाखौँ रुपैयाँ फसिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: