×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश १ प्रहरी कार्यालयका थप ४ जनामा कोरोना पुष्टी, आइसोलेसनमा उपचार हुँदै

PRIME CA
GLOBAL IME BANK

प्रदेश १ प्रहरी कार्यालयका थप ४ जनामा कोरोना पुष्टी, आइसोलेसनमा उपचार हुँदै

८ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रदेश नं. १ प्रहरी कार्यालयका थप चार जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पाइएको छ । बिहीबार थप चार जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी दीपक पोखरेलले बताए । बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो । संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ । 
प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको हो । पोखरेलले भने, ‘हामीसँगै क्वारेन्टिनमा छौं, बिहीबार १५० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदैछौं ।’ कार्यालयको नियमित काम भने नरोकिएको उनले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: