
काठमाडौँ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले लकडाउनका कारण धनुषाको जटही नाकामा ज्यान गुमाएका वीरेन्द्रगुरमैता यादवको परिवारलाई रु पाँच लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।शहीदनगर नपा– ९ गोठ कोयलपुरस्थित यादवको घरमा आज पुगेर मुख्यमन्त्री राउतले मृतकका श्रीमती सविता यादवलाई सो चेक हस्तान्तरण गर्नुभएको हो । उक्त अवसरमा उहाँले पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुहुँदै प्रदेश सरकारले क्षमताअनुसारको सहयोग उपलब्ध गराइएको बताउनुभयो ।
सो अवसरमा प्रदेशसभा सदस्य रामआशिष यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको पनि उपस्थिति थियो । भारतबाट फर्कने क्रममा धनुषाको जटही नाकामा गत, जेठ १४ गते वीरेन्द्र यादवकोे मृत्यु भएको थियो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्