
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टी भएसंगै सक्रिय संक्रमित संख्या २ हजार ११० पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा १०१, त्रिवि शिक्षण अस्पताल महाराजगंजको प्रयोगशालामा २, वीर अस्पताल काठमाडौँको प्रयोशालामा, ७ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
पुष्टि भएका मध्ये कैलाली ११ पुरुष र ५ महिला, बाजुराका ५ पुरुष र २ महिला तथा अछामका ४९ पुरुष र १२ महिला रहेका छन् । त्यसैगरी डोटीका २ पुरुष र ५ महिला, बझाङ्गका १६ पुरुष र ४ महिला र बैतडीका १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिए ।
अहिलेसम्म सुदूरपश्चिममा ४ सय ९५ जना संक्रमित निको भइ घर गइसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्