
- अर्थ सरोकार सम्बाददाता
मोरङ । प्रदेश १ मा ८८ प्रतिशतले कोरोनालाई जितेका छन् । गएको वैशाख ५ गतेदेखि सोमबारसम्ममा कोरोना सङ्क्रमित भएकामध्ये ८८ दशमलव ५४ प्रतिशत डिस्चार्ज भएका हुन् । प्रदेश १ मा ७ सय ९३ जनामा कोरोना रिपोर्ट पोजिटिभ आएकोमा ७ सय २ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएकामध्ये ८८ जना अहिले पनि उपचाररत छन् ।
७ वटा केन्द्रमध्ये वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ सय ६६ जना, पूर्वाञ्चल विश्वविद्यालय कोभिड(१९ आइसोलेशन अस्पतालबाट २ सय ६० जना, कोशी अस्पताल कोभिड(१९ उपचार केन्द्र, विराटनगरबाट १ सय ५८ जना डिस्चार्ज भएका छन् ।
कोभिड-१९ आइसोलेशन केन्द्र, चौदण्डीगढीबाट १५ जना, उद्योग वाणिज्य सङ्घ, फुङलिङ अस्थायी केन्द्र ९ताप्लेजुङ० बाट २ जना र जिल्ला अस्पताल खोटाङ, अस्थायी केन्द्रबाट १ जना डिस्चार्ज भएका सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा अहिलेसम्म १ जना वृद्धको ज्यान गएको छ । अहिलेसम्म ३५ हजार ४ सय ६३ जनाको कोरोना परीक्षण गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्