×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक महिनापछि प्रदेश २ सरकारले ल्याएको बजेट मत विभाजन प्रकृयामार्फत् पारित

PRIME CA
GLOBAL IME BANK

एक महिनापछि प्रदेश २ सरकारले ल्याएको बजेट मत विभाजन प्रकृयामार्फत् पारित

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सप्तरी । प्रदेश २ सरकारले ल्याएको बजेट मत विभाजन प्रकृयामार्फत् एक महिनापछि पारित भएको छ । यसअघि सर्वसम्मतले पारित हुँदै आएको प्रदेश २ को बजेट यसपटक भने मत विभाजन प्रकृयाले बहुमतले पारित भएको हो । 
प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि ल्याएको रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट चालु आर्थिक वर्ष २०७६र७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख कम हो । चालु आर्थिक वर्षमा प्रदेश २ सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो । जसमा चालुतर्फ रु १९ अर्ब ११ करोड, ९७ लाख ३८ हजार र पुँजीगततर्फ रु १९ अर्ब २६ करोड, ५४ लाख ६४ हजार राखिएको थियो ।
गत असार १ गते प्रदेश सरकारले रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको थियो । बजेटमा अनुत्पादक खर्च बढी राखिएको भन्दै प्रतिपक्षी दलले पारित गराउन साथ दिएका थिएनन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: