×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्सकाे १२.५०% बाेनस सेयरमा मूल्य समायाेजन, प्रति कित्ता कति ?

GLOBAL IME BANK
SHREE KESH

प्राइम लाइफ इन्स्योरेन्सकाे १२.५०% बाेनस सेयरमा मूल्य समायाेजन, प्रति कित्ता कति ?

१९ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स कम्पनीकाे १२.५०% बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ । बाेनसमा मूल्य समायाेजनपछि कम्पनीको प्रति कित्ता ४७१ रूपैयाँ कायम भएको छ । आइतबार यहि मूल्यलाई आधार मानेर कारोबार खुल्ला हुनेछ । कम्पनीको बाह्रौँ वार्षिक साधारणसभा असार २९ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिउँसो २ बजेबाट शुरु हुनेछ ।
सभामा कम्पनीले १२.५% बाेनस शेयर र बाेनस शेयरमा लाग्ने कर प्रयाेजनका लागी १ करोड २३ लाख ३४ हजार ४४१ रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गरिने छ। त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । 
त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: