×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निजी विद्यालयका सञ्चालकद्वारा आन्दोलन कार्यक्रम स्थगित, अनलाइन कक्षा के हुन्छ ?

LAXMI SUNRISE BANK

निजी विद्यालयका सञ्चालकद्वारा आन्दोलन कार्यक्रम स्थगित, अनलाइन कक्षा के हुन्छ ?

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारसँगको वार्तापछि आफ्ना माग पूरा हुने देखिएपछि निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलसँगको छलफलमा आफ्ना माग पूरा हुने देखिएपछि निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । साथै निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टिकाराम पुरीले अनलाइन पढाइ अवरुद्ध नगर्ने निर्णयसमेत गरेको जनाएका छन् । 
विद्यालय सञ्चालकहरूले बन्दाबन्दीको पनि शुल्क संकलन गर्न नपाएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । सरकारले आधिकारिक रुपमा असारबाट मात्रै अनलाइन कक्षा सुरु गरे पनि प्याब्सन र एनप्याब्सन (निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन)ले भने वैशाखदेखिकै शुल्क लिन पाउनुपर्ने माग गरिरहेका छन् ।
कोरोना महामारीबीच तुरुन्तै विद्यार्थी भर्ना गर्न पाउनुपर्ने उनीहरूको माग छ । सरकारले बैंक ब्याज र विद्यालय भवनको भाडा मिनाहाजस्ता राहत प्याकेज ल्याउनुपर्ने पुरीको भनाइ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी