Skip to content
LAXMI SUNRISE BANK

प्रुडेन्सियल इन्स्योरेन्सको ५४ हजार ६३१ कित्ता सेयर लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको ५४ हजार ६३१ कित्ता सर्वसाधारण समूहको सेयर लिलामीमा आउने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । कम्पनीले उक्त सेयर लिलामी साउन १२ गतेदेखि साउन १९ गतेसम्म गर्ने भएको छ। 
लगानीकर्ताले उक्त सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा एनएमबि बैंकको झापा, जनकपुर, चितवन, बाग्लुङ, दाङ, सुर्खेत, मेहन्द्रनगर, विराटनगर, वीरगञ्ज र हेटौडा शाखाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, एनएमबि बैंककै पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट पनि आवेदन दिन पाइनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK