
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीको राजविराजमा दैनिक कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेपछि राजविराजको सिरहा रोडलाई सिल गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले राजविराज–६ का एक जना ७३ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि समुदायमा कोरोना भाइरस फैलिएकाले सिरहा रोडलाई सिल गरिएको बताएका हुन् ।
उनले राजविराज नगरपालिका–६ को राम मन्दिरदेखि सखडा रोड जाने बाटोसम्म निषेधित क्षेत्र कायम गरी सिल गरिएको बताए ।पछिलो पटक स्वाब परीक्षणपछि राजविराज–६ कै एकै परिवारका चारसहित सात जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि त्यहाँ सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले तत्काल सिल गर्नुपरेको स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए । पछिल्लो रिपोर्टअनुसार राजविराज-६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएको एउटै परिवारमा चार जनालाई कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय प्रशासनले राजविराज नगरपालिका–६ लाई केन्द्रित गरी सिरहा रोडलाई सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
गत साउन १ गते कोरोनाका कारण मृत्यु भएका ७३ वर्षीय व्यापारीको परिवारका पाँच जना सदस्यसहित छरछिमेकमा कोरोना पोजिटिभ पाइएको छ । सप्तरी जिल्लाको राजविराजमा कोरोना सङ्क्रमण समुदायमा फैलिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि राजविराज बजार सुनसान देखिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिकाभर अर्को आदेश नभएसम्मका लागि बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्