
- अर्थ सरोकार सम्बाददाता
राजविराज । कोरोनाबाट मृयु भएका राजविराज नगरपालिका–६ का ७२ वर्षीय वृद्धको परिवारका सबै सदस्यलाई कोरोना संक्रमण पुष्टी भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका ती वृद्धको साउन १ गते मृत्यु भएको थियो । मृत्युपछि उनको परिवारका सबै सदस्य र उनको पसलका कामदारहरु गरी २३ जनाको स्वाब संकलन गरिएको थियो ।
जसमध्ये उनको परिवारका २ पुरुष र ३ महिलामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । अझै अन्य १६ जनाको रिर्पोट आइनसकेको पनि उनले बताए । आइतबार मात्र सप्तरीमा ११ जना संक्रमित थपिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्