×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायात सञ्चालकको मनपरी, मन्थलीबाट काठमाडौं आउने यात्रुबाट २ हजार ५ सय रुपैयाँ भाडा उठाउँदै !

LAXMI SUNRISE BANK

यातायात सञ्चालकको मनपरी, मन्थलीबाट काठमाडौं आउने यात्रुबाट २ हजार ५ सय रुपैयाँ भाडा उठाउँदै !

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

रामेछाप । मन्थली नगरपालिका–९ पुरानागाउँका महेशकुमार श्रेष्ठलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानुपर्ने भयो । पाँच वर्षदेखि बाथरोगबाट पीडित उहाँ लकडाउनका कारण नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जान पाउनुभएको थिएन ।
लकडाउन अन्त्यको घोषणा भएपछि उहाँ काठमाडौँ जान सदरमुकाम मन्थली झर्नुभयो । मन्थली ती हिँडेर आउनुभयो तर लकडाउन खुलेको भए पनि सार्वजनिक यातायातका साधन अझै जिल्ला बाहिर चलेका छैनन् । काठमाडौँ जाने साधन पाउन उहाँलाई गाह्रो भयो । स्वास्थ्य समस्याका कारण जसरी पनि काठमाडौँ जानपर्ने बाध्यतामा पर्नुभएको उहाँले दिनभर काठमाडौँ जाने साधन खोज्नुभयो तर कतै भेट्नुभएन ।
त्यो रात उहाँको मन्थलीमै बास भयो । भोलिल्ट बिहानैदेखि काठमाडौँ जाने सवारीको खोजीमा लाग्नुभयो । दिनभरको प्रयासपछि बल्ल काठमाडौँ जाने निजी बोलेरो भेट्नुभयो । शरीरको दुखाइ र दुई दिनको मन्थलीको गर्मीले गल्नुभएका उहाँ साँझपख प्रदेश ३­१०२३ च २४२६ नम्बरको बोलेरो चढ्नु भयो ।
गाडी चढेको केही समयपछि भाडाको बारेमा कुरा भयो । ‘‘चालकले मन्थलीबाट काठमाडौँ गएको भाडा रु दुई हजार ५०० भनेपछि म त छक्क परेंँ’’, उहाँले भन्नुभयो “कुल ५०० रुपैयाँ भाडा लाग्ने ठाउँको भाडा दुई हजार ५०० भनेपछि छक्क पर्नु पनि स्वभाविक नै हो । भाडामा ५० प्रतिशतसम्म वृद्धि गर्न पाउने कुरा उहाँले सुन्नुभएको थियोे । पाँच गुना बढी भाडा लिएपछि उहाँले प्रतिवाद गर्नुभयो । चालकले भाडा घट्ने कुरै गरेनन् । अन्तमा दुई हजार रुपैँया भाडा तिरेर उहाँ रातको १२ बजे काठमाडौँं पुग्नुभयो । 
लिखु तामाकोशी गाउँपालिका–२ दुरागाउँका विजय सुनुवार पनि एक दिनभरि लगाएर हिँडेर काठमाडौंँ जान गाउँबाट मन्थली आउनुभयो । मन्थली बजारमा बाक्लै गुड्ने सुमोले टिकट नकाट्ने शर्त राखेर दुई हजार ५०० देखि तीन हजरसम्म भाडा मागेपछि उहाँ पनि छक्क पर्नुभयो । गाडी भाडा सुनेर के गर्ने भन्ने दोधारमा पर्नुभएका उहाँ अन्तिममा टिकट नकाटी दुई हजार ५०० भाडा तिरेर काठमाडौंँ जानुभयो । यी दुई उदाहरण मात्र हुन् । अहिले असहज अवस्थाको मौका छोपेर सवारी साधनले मनलाग्दी भाडा असुल्दा दैनिक सयांैको सङ्ख्यामा यात्रु ठगिएका छन् । सर्वसाधारणको बाध्यताको फाइदा यातायात सञ्चालकले लिइरहेका छन् । 
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामेश्वर पाण्डे बिरामी बोक्ने, शक्ति र पहँुचका भरमा सञ्चालन भएका र प्रशासनबाट पास लिएका केही सार्वजनिक सवारी साधनले बढी भाडा लिएको गुनासो आएको बताउनुहुन्छ । अहिलेसम्म बढी भाडा असुल्ने १५ भन्दाबढी निजी सवारीलाई कारवाही गरिएको उहाँले बताउनुभयो । बढी भाडा लिएको गुनासो आएसँगै चेकजाँचमा कडाइ गरिएको उहाँले बताउनुभयो । उहाँले चेकपोष्टमा रहेका प्रहरीले सोधखोज गर्दा आफूसँग लिएको भाडाका बारेमा सत्य बोल्न यात्रुहरुसँग आग्रह समेत गर्नुभयो । 
रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिरामी लैजाने र अन्य विभिन्न प्रयोजनमा काठमाडौँं जाने पास लिएका सार्वजनिक सवारीले बढी भाडा लिएको गुनासो आएसँगै त्यस्ता सवारीलाई दिइने पासमा थप कडाइ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बढी भाडा असुलेको गुनासो आएपछि चोकजाँमा थप कडाइ गरी बढी भाडा लिने सार्वजनिक तथा निजी सवारी साधनलाई कारवाही गरिएको छ’, उहाँले भन्नुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी