×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आर्थिक बर्ष २०७७-७८ मा कुन राशि भएकाको कति कमाउने योग छ ? हेरौं नयाँ आर्थिक बर्षको आर्थिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि भएकाहरुका लागि आर्थिक बर्ष २०७७-७८ औसत देखिन्छ । सुनमा गरिएको लगानी फलोफाप होला । सेयर बजारमा लगानी गर्नेहरुका लागि अलि सचेत हुनुपर्ने स्थिति छ । आकस्मिक धनलाभ हुने योग भने छ । फलामको काम गर्नेहरुलाई यो आर्थिक बर्ष निकै शुभ छ । 
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक बर्ष २०७७-७८ वृष राशी भएकाहरुका लागि खासै फलिफापपूर्ण छैन । धनमाल हराउन सक्ने सम्भावना छ । खाद्यान्हको व्यापार गर्नेहरुलाई भने समय राम्रो छ । जग्गाको कारोबार गर्दा होसियार हुनुहोला । जागिर खानेलाई भने पदोन्नतिको योग छ । 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक बर्ष २०७६-७७ मा मिथुन राशी भएकाहरुलाई शुभ छ । जग्गाको कारोबारमा निकै फाइदा होला । पूरानो बक्यौता उठाउन सक्ने योग छ । सापटी दिंदा भने ख्याल गर्नुहोला । कपडाको व्यापार गर्नेहरुका लागि पनि निकै फाइदाजनक हुन्छ । संचार उपकरणको व्यापार गर्नेहरुलाई भने त्यति राम्रो समय छैन । धनसम्पत्ति जोड्ने योग छ । 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशी भएकाहरुका लागि आर्थिक दृष्टिले यो आर्थिक बर्ष खासै राम्रो छैन । कृषि, खाध्यको कारोबार, गर्नेहरुलाई अघिल्ला वर्षहरुको तुलनामा यो आर्थिक बर्ष फाइदाजनक छैन । विशेष गरी कुम्भ, र मेष राशिसँग कारोबार गर्दा ख्याल गर्नुहोला । सुन चाँदीको कारोबार गर्नेहरुलाई यो बर्ष औसत छ । जागिर खानेहरुलाई भन्दा व्यापार गर्नेहरुलाई यो आर्थिक बर्ष निकै फाइदाजनक हुनेछ । 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो बर्ष आर्थिक हिसावले सिंह राशिका लागि औसत छ । मेहेनत कम गरेकै आधारमा फल पाउने योग छ । फलामको कारोबार गर्नेहरुलाई भने समय ठिक छैन । पैसा कतै लगानी गर्नुभन्दा पनि बचत गर्दा नै शुभ होला । सापटी दिंदा ख्याल गर्नुहोला । आफ्नैबाट आर्थिक धोका हुने योग छ । धनसम्पत्ति जोड्ने योग भएपनि जग्गाको कारोबार भने गरिनहाल्दा राम्रो होला । 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका लागि यो आर्थिक बर्ष निकै राम्रो छ । आर्थिक क्षेत्रमा राम्रो पकड जमाउन सकिएला । सेयर बजारमा लाग्नेहरुलाई समय राम्रो छ । सुनमा गरिएको लगानी राम्रो होला । धनसम्पत्ति कमाउने योग भएपनि खर्चको योग पनि त्यस्तै भएकाले खासै बचत नहोला । बैदेशिक रोजगारीका लागि जानेहरुलाई समय निकै राम्रो छ । तर नगरेको कामको दोष सहनुपर्ने योग भएकाले सचेत रहनुहोला । मजदुरी गर्नेहरुका लागि झन् यो समय राम्रो छ । वित्तीय कारोबारबाट फाइदा हुनेछ । लागेको ऋण समेत तिर्ने योग छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो आर्थिक बर्ष तुला राशि भएकाहरुका लागि औसत छ । नयाँ आम्दानीका स्रोतहरु नभेटिएपनि पूराना स्रोतहरुबाट राम्रो कमाइ होला । उद्योग-धन्दामा लागेकाहरुलाई यो आर्थिक बर्षपनि अघिल्ला वर्षहरुजस्तै औसत राम्रो होला । जागिर खानेहरुका लागि भने समय ठिक छैन । जागिर जान सक्ने योग छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
यो राशिका मानिसहरुलाई यो आर्थिक बर्ष आर्थिक हिसाबले खासै राम्रो छैन । जागिर खानेहरुका लागि भन्दा व्यापार गर्नेहरुले बढी घाटा व्यहोर्नुपर्ने स्थिति छ । धनमाल हराउन सक्छ, ख्याल गर्नुहोला । विशेष गरी मकर र मीन राशिसँग आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । खुद्रा व्यापार गर्ने, कपडाको व्यापार गर्नेहरुलाई यो बर्ष राम्रो छ आर्थिक हिसावले । 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शिक्षा क्षेत्रमा लाग्ने धनु राशि भएकाहरुलाई यो आर्थिक बर्ष औसत छ । तर व्यापार गर्नेहरुलाई यो बर्ष खास सन्तोषजनक छैन । ठुलो व्यावसायिक घाटा हुनसक्ने योग छ । ऋण सापटी सकेसम्म नदिनुहोला । बैदेशिक रोजगारीमा जानेहरुका लागि भने समय ठिक छ । बैदेशिक रोजगारीमा जानेहरुका लागि सोचेभन्दा बढी धन आर्जन होला । सुनचाँदी किन्दा पनि होस् पुर्याउनुहोला । हराएको धनमाल भेटिनेसमेत योग छ । 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशिहरुका लागि यो बर्ष राम्रो छ । नयाँ लगानीबाट फाइदा होला । उठ्न बाँकी रकम उठ्ला र नयाँ आम्दानीका स्रोतहरु पनि खुल्दै जानेचाहन । सेयर बजारमा लगानी गर्दा भने अलि सचेत हुनुपर्ने स्थिति छ । सुनचाँदीमा गरिएको लगानीले फाइदा देला । आर्थिक अपजश पाउनुपर्ने हुनाले अलि ख्याल भने पुर्याउनुहोला । बैदेशिक रोजगारीमा असफलता हात पर्ने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई यो समय राम्रो छ । लत्ता कपडा र खाद्यान्हसम्बन्धि व्यापार गर्ने कुम्भ राशि भएकाहरुलाई यो बर्ष निकै राम्रो छ । संचार क्षेत्रमा काम गर्नेहरुलाई पनि निकै राम्रो समय छ । तर बैदेशिक रोजगारीमा जानेहरुका लागि भने समय राम्रो छैन । बैदेशिक रोजगारीबाट सोचेजस्तो पैसा कमाउन सक्ने अवस्था नहुन सक्छ । अरुका लागि समय ठिक छ । जागिर खानेहरुलाई भने समय औसत छ । 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नसोचेको हानी हुन सक्ने योग छ । कसैलाई ऋण सापटी दिंदा धेरै नै ख्याल गर्नुहोला । विशेषगरी आफन्तसँग आर्थिक कारोबार नगर्दा नै बेश होला । जागिरबाट भने फाइदा हुने योग छ । बैदेशिक रोजगारीमा रहेकाहरुका लागि भने समय राम्रो छ । फलामको कारोबार सकेसम्म नगर्नुहोला ।
-श्रीधर पौडेल
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: