- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको छ । जुनसुकै एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने व्यवस्था लागु गरिएकोमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अहिलेको अवस्थामा शुल्क नलिने व्यवस्था गरिने जनाएको थियो ।
सोही नीतिलाई राष्ट्र बैंकले कार्यान्वयमा ल्याएको हो । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै जुनसुकै बैंकको एटिएमबाट सेवाग्राहीले रकम निकाल्दा शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।