
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोली (सोमबार)बाट ५० रुपैयाँ दरका नयाँ नोट बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै असार २२ गते (सोमबार)देखि नयाँ नोट चलनचल्तीका लागि बजारमा पठाउने जनाएको हो ।
राष्ट्र बैंकले साविककै आकार, प्रकार तथा रङ्गमा संकेत नं जर ८९०००००१ देखि टर ३३ ९९९९९९ सम्मका ५० रुपैयाँ दरका नोट बजारमा पठाउने व्यवस्थापन विभागले जनाएको छ । यस नोटमा पनि ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०, रुपैयाँ पचास तुरुन्त पाइनेछ,’ भन्ने वाक्यांश उल्लेख गरिएको छ।
यस्तै नोटमा तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर छ भने नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र छ। साथै दायाँतर्फ लालीगुँरासको पानी छाप छ । नोटको पृष्ठ भागमा अंग्रेजी अक्षरमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने नोटको मध्य भागमा हिउँ चितुवाको चित्र रहेको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्