×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ महिनादेखि बन्द रहेको रसुवागढी नाका आजदेखि सञ्चालनमा, दैनिक १ सय २० टन सामाग्री ल्याइने !

LAXMI SUNRISE BANK

६ महिनादेखि बन्द रहेको रसुवागढी नाका आजदेखि सञ्चालनमा, दैनिक १ सय २० टन सामाग्री ल्याइने !

२२ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रसुवा । नेपाल-चीन रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको यो नाका आज (सोमबार) देखि सञ्चालनमा आएको हो । नेपाल सरकारले चीन सरकारसँग नाका सुचारु गर्न आग्रह गरेपछि आजदेखि सञ्चालनमा ल्याइएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । 
कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बिहान ८ बजे नाकाबाट ढुवानीको काम सुरु गरिएको जानकारी दिए । दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदारी बनेपछि नाका खोलिएको उनले जानकारी दिए। नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १ सय २० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिनेछ। 
मितेरी पुलसम्म ल्याइएको सामान पुनः ढुवानी गरेर नेपाली कन्टेनरले नेपालतर्फ ल्याउने भन्सार कार्यालयले जनाएको छ। व्यवसायीहरु चीनतर्फ जान नपाउने र रसुवागढीसम्म जानका लागि पनि जिल्ला प्रशासनको पास अनिवार्य गरिएको खड्काले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी