×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रसुवागढी हाइड्रोपावरको तेश्रो त्रैमास: ६ करोड ४० लाख रुपैयाँ घाटा, अन्य सूचक पनि घट्यो ! (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

रसुवागढी हाइड्रोपावरको तेश्रो त्रैमास: ६ करोड ४० लाख रुपैयाँ घाटा, अन्य सूचक पनि घट्यो ! (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ६ करोड ४० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले १ करोड ६ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेकाे थियाे ।
गत आर्थिक वर्षकाे यसै अवधिमा २ करोड २४ लाख ५१ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको यस कम्पनी अहिले तेस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड २३ लाख ७६ हजार रुपैयाँ घाटामा रहेकाे छ ।
कम्पनीको चुक्ता पूँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेकाे छ । जगेडा कोषमा भने १९ करोड २७ लाख ७० हजार रुपैयाँ ऋणात्मक रहेको छ । त्यसैगरी, प्रतिसेयर आम्दानी १ रुपैयाँ ३९ पैसा नोक्सानमा रहेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ८७ पैसा रहेकाे विवरणमा उल्लेख रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: