
- अर्थ सरकोकार सम्वाददाता
बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाले र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडिटी) जाँच गरेको १४ सय शुल्क लिइरहेको छ । जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले नगरपालिकाको निर्णय अनुसार शुल्क लिने गरेको पाइएको हो ।
बाजुराबाट जहाजमा आवतजावत गर्न सर्वसाधारणका लागि आरडिटी टेष्ट अनिवार्य गरेपछी नगरपालिकाले रकम असुल्दै आएको खुलेको हो । जिल्लामा आउने र बाहिर जानेहरुबाट आरडिटी परीक्षणको १४ सय लिँदै आएको स्थानीयले बताएका छन् । स्थानियका अनुसार नगरपालिकाले आफैले किट खरिद गरेको भन्दै जाँच गरेबाफत शुल्क लिइरहेको छ ।
सरकारले जुनसुकै तहले आरडिटी परीक्षण गरेको रकम नलिने निर्णय गरेको भएपनी बुढीनन्दा नगरपालिकाले सरकारी आदेशको अटेरी गरेको छ । जुनसुकै सरकारले किनेको भएपनि त्यसरी रकम लिन नमिल्ने प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताउनुभएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्