×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स लाइफ इन्स्योरेन्सको तेश्रो वार्षिक साधारणसभा सम्पन्न, आइपिओ जारी गर्ने प्रस्ताव पारित

PRIME CA

रिलायन्स लाइफ इन्स्योरेन्सको तेश्रो वार्षिक साधारणसभा सम्पन्न, आइपिओ जारी गर्ने प्रस्ताव पारित

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आइतबार सम्पन्न वार्षिक साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको हो। कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६३ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरिसकेको छ।

साथै, सभामा सञ्चालक समितिको आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/७६ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व.२०७६/०७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको परिश्रमिक निर्धारण, संचालक समितिको अध्यक्ष र संचालकहरुको बैठक भत्ता एवं. अन्य सुविधाहरु निर्धारण गर्ने सामान्य प्रस्तावहरु पारित गरेको छ । कम्पनीका संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी तथा सुन्दर प्रसाद कडेल रहेका छन् ।

साथै, सो सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप, कम्पनीको प्रबन्धपत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: