
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असार ९ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरले ६३ करोड रुपैयाँबराबरको आपिओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।
हाल एक अर्ब ४७ करोड चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ पुग्नेछ । यो कम्पनी २०७४ मंसिरबाट नयाँ जीवन बिमा कम्पनीका रूपमा सञ्चालनमा आएको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्