×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल वायुसेवा निगमले आर्थिक भार घटाउदै, करारका कर्मचारीको नवीकरण नगर्ने

LAXMI SUNRISE BANK

नेपाल वायुसेवा निगमले आर्थिक भार घटाउदै, करारका कर्मचारीको नवीकरण नगर्ने

१ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल वायुसेवा निगमले करारमा रहेका एक सय ४५ जना कर्मचारीको नवीकरण नगर्ने भएको छ । असार मसान्तमा करार सम्झौता सकिएका १४५ जना करार कर्मचारीको सम्झौता नविकरण नगर्ने निर्णय भएको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । आर्थिक भार कम गर्न असार मसान्तमा करार सकिएका प्रशासनतर्फका कर्मचारीको म्याद नथप्ने निर्णय गरेको निगम नेतृत्वले जनाएको छ ।
एयरलाइन्समा करीव १५ सय कर्मचारी कार्यरत छन् । ती मध्ये करिब १ हजार जना स्थायी र त्यसमध्ये ४ सय ५० हाराहारी कर्मचारी करारमा छन् । अतिआबश्यक क्षेत्रका कर्मचारीहरुको करार भने नविकरण गरिएका छ । अहिले कोभिड १९ का कारण निगमको आर्थिक अवस्था थप कमजोर बनेको लगायत कारण उनीहरूको करार नवीकरण नगरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले गत वर्ष साउन २२ गते निगम सुधारसम्बन्धी सुझाव दिन हालका कार्यकारी निर्देशक तथा पूर्वपर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले पनि करारमा रहेका कर्मचारी हटाउन सुझाएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी