×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यात्रुसँग मनलाग्दी भाडा उठाउँदै निजी सवारीसाधन, १६ गाडीलाई प्रहरीले नियन्त्रणमा लियो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

यात्रुसँग मनलाग्दी भाडा उठाउँदै निजी सवारीसाधन, १६ गाडीलाई प्रहरीले नियन्त्रणमा लियो !

Artha Sarokar

२६ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ट्राफिक प्रहरीले चर्को भाडा लिने १६ निजी सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकामा प्रयोजन विपरीत चर्को भाडा लिएर यात्रु बोक्ने सवारीसाधन नियन्त्रणमा लिएको हो । 
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौतमले रातो नम्बर प्लेटको सवारीसाधनले प्रयोजन विपरीत यात्रुसँग भाडा लिएर यात्रु ओसारपसार गरेकाले कारवाही गरिएको जानकारी दिए । यातायात व्यवस्था ऐन, २०४९ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी