
- अर्थ सरोकार सम्बाददाता
कास्की । पर्यटकीय गन्तव्य फेवातालपारी अवस्थित मार्की र मार्गी धर्मडाँडाका गाउँलेले शतप्रतिशत लगानी जुटाएर एक किलोमिटर लामो कृषि सडक निर्माण गरेका छन् । पोखरा नजिकै रहे पनि तालपारी भएका कारणले विकासमा पछि परेको वडा नं २३ अन्तर्गत मौरेबगरबाट हर्पनखोलासम्मको ग्रामीण कृषि सडक स्थानीयवासीले ६ लाख रूपैयाँ सहयोग सङ्कलन गरेर निर्माण गरेको निर्माण समितिका अध्यक्ष नन्दलाल लामिछानेले बताए ।
१ सय २८ घरधुरीले न्यूूनतम २ हजारदेखि ५० हजार रूपैयाँसम्म सडक निर्माणमा लगानी गरेको निर्माण समितिले जनाएको छ । यसबाहेक सडकमा स्थानीयले श्रमदानसमेत गरेको अध्यक्ष लामिछानेले जानकारी दिए । कोभिड–१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीअघि शुरु गरिएको सो सडक बन्दाबन्दीकै अवधिमा सम्पन्न भएको थियो । सडक निर्माणपछि स्थानीयवासीलाई खेतीपातीका लागि सहयोग पुगेको छ भने पोखरा बजार आउनजानका लागि समेत सहज भएपछि स्थानीयवासी खुशी भएका छन् । “सडक निर्माणछि पाँच मिनेटमा हल्लनचोक–घाँटीछिना सडकमा पुग्न सकिन्छ ।
यसअघि सो ठाउँमा पुग्न झन्डै एक घण्टा घुमेर पामे निस्कनु पथ्र्यो”, अध्यक्ष लामिछानेले भने, “लकडाउनमै सडक निर्माण सकियो, यसपालि खेत रोप्न पनि सजिलो भयो ।” फेवातालको सिरान फेवा फाँट जिल्लामा धान उत्पादनमा अग्रणी स्थानमा आउँछ । तालको सिरान भएकाले जेठको दोस्रो हप्तादेखि रोपाइँ शुरु हुने भए पनि सडक नहुँदा ट्र्याक्टर लैजान नसक्दा रोपाइँ ढिला हुने गरेकामा यसपटक सडक बनेपछि समयमै कृषकले धान रोपेको स्थानीयवासी श्याम गुरुङले बताए ।
“हामी पनि हिँड्थ्यौं, स्कूलका बच्चा हिँड्न नसकेर बोरामा ग्राभेल माटो भरेर पनि बाटोमा राखेर बालबालिका तालपारिको शान्ति निकेतन स्कूल पठाउने गर्दथ्यौं, अहिले विद्यार्थीदेखि कृषक सबैलाई सहज भएको छ”, गुरुङले भने, “अहिले पनि बाढी आउँदा सडक भत्किने गरेको छ, यसलाई स्तरोन्नतिका लागि सरकारसँग माग गर्दछौं ।” -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्