×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुकुम पश्चिमका सबै स्थानीय सरकारको बजेट सार्वजनिक, स्वास्थ्य र कृषिलाई प्राथमिकता

PRIME CA
GLOBAL IME BANK

रुकुम पश्चिमका सबै स्थानीय सरकारको बजेट सार्वजनिक, स्वास्थ्य र कृषिलाई प्राथमिकता

३० असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रुकुम पश्चिमका सबै स्थानीय सरकारहरुले आर्थिक वर्ष २०७७-०७८ का लागि नीति तथा कार्यक्रमसहितको बजेट ल्याएका छन् । अन्य स्थानीय तहले यसअघि नै बजेट ल्याएपनि रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले भने आइतबार मात्र बजेट ल्याएको हो । स्थानीय सरकारहरुले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई विशेष प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रमसहितको बजेट विनियोजन गरेका हुन् । आर्थिक वर्ष २०७७-०७८ का लागि रुकुम पश्चिमका ६ वटा स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट विनियोजनसहितको गाउँ तथा नगरपरिषद सम्पन्न गरेका छन् ।
पालिकाले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा पार्दै नीति तथा कार्यक्रमसहितको बजेट विनियोजन गरेका हुन् । कोरोना भाइरसका कारण स्वास्थ्य क्षेत्रमा देखिएको पछिल्लो समस्या र त्यसको सामनाका लागि पालिकाले स्वास्थ्यसँग सम्बन्धित नीति तथा कार्यक्रमलाई अझ बढी प्राथमिकतामा राखेको बताए । त्यस्तै रुकुम पश्चिम कृषि उत्पादन र पशुपालनमा अब्बल भएकाले यहाँको कृषि क्षेत्रको विकास र सम्भावनाका लागि कृषि र पशुसम्बन्धी बजेट पनि नीति तथा कार्यक्रममा केन्द्रित गरिएको छ । 
देशमा बढ्दो बेरोजगारी समस्यालाई न्यूनिकरण गर्न युवा लक्षित रोजगारमूलक कार्यक्रमलाई समेत पालिकाले आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेका छन् । जिल्लाको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०७७-०७८ का लागि ७० करोड ३६ लाखको बजेट ल्याएको छ । उक्त बजेट कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विभिन्न क्षेत्रको विकास र समृद्धिका लागि विनियोजन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले जानकारी दिए ।
जिल्लाको बाँफिकोट गाउँपालिकाले पनि आर्थिक वर्ष २०७७-०७८ का लागि ४३ करोड २७ लाखको बजेट ल्याएको छ । सानीभेरी गाउँपालिकाले ४१ करोड २० लाखको बजेट ल्याएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकाले ४० करोड ८३ लाखको बजेट ल्याएको छ । त्यस्तै जिल्लाको चौरजहारी नगरपालिकाले ४९ करोड २० लाखको बजेट ल्याएको छ ।
नगरपालिकाले नीति तथा कार्यक्रममा भने पहिलो प्राथमिकतामा शिक्षा र दोस्रो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई समावेश गरेको छ । त्यस्तै कृषि, पशुपालन उत्पादन, रोजगारी, गरिबी निवारणलगायतका क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले ९१ करोड १४ लाख ७५ हजार बजेट ल्याएको छ । यस नगरपालिकाले अन्य पालिकाको भन्दा केही ढिलोगरी बजेट ल्याएको हो । आन्तरिक तयारीका कारण केही समय ढिला भएको नगरपालिकाले जनाएको छ । जिल्लाका सबै स्थानीय सरकारहरुले भने शिक्षा, स्वास्थ्यँगै कृषि र रोजगारमुलक कार्यक्रमहरुमा नै जोड दिएका छन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: