- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरसबाट रूसमा मृत्यु हुनेको १० हजार नाघेको छ । रूसमा पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएसंगै ज्यान गुमाउनेको संख्या १० हजार २७ पुगेको हो । यस्तै ६ लाख ७४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
रूसमा २ लाख १७ हजार ६०९ जनाको उपचार भइरहेको छ ४ लाख ४६ हजार ८७९ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर हालसम्म एक करोड १३ लाख ८६ हजार ५६० जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा पाँच लाख ३३ हजार ५८१ जनाको ज्यान गएको छ ।