×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाढीको वितण्डापछि धनगढी जलमग्न, ‘नगरपालिका मौन’ भन्दै स्थानियले गरे ६ लेन सडक अवरुद्ध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बाढीको वितण्डापछि धनगढी जलमग्न, ‘नगरपालिका मौन’ भन्दै स्थानियले गरे ६ लेन सडक अवरुद्ध

Artha Sarokar

१५ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । मंगलबार रातिदेखि लगातार परेको वर्षाका कारण धनगढी क्षेत्र डुबानमा परेपछि स्थानिय आन्दोलित बनेका छन् । बेलैमा पानिको निकास खोज्न नसक्दा धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ र ३ क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । 
झरीले धनगढीका अधिकासं बस्ती डुबानमा परेपछि धनगढीबासी आन्दोलित बनेका हुन् । यी क्षेत्रका अधिकांश घरभित्र पानि पसेको छ भने केही परिवार विस्थापित समेत भएका छन् । यति हुँदासम्म पनि नगरपालिको आफुहरुको सास्ती नदेखेको भन्दै स्थानियले आन्दोलन गर्दै मोहोना अत्तरीया ६ लेन सडक अवरुद्ध पारेका छन् ।  
आन्दोलन गर्दै स्थानियले छिट्टै पानिको निकासका लागि पहल गर्नुपर्ने, समस्यामा परेका परिवारको पहिचान गरि उद्धार तथा राहतको व्यवस्था मिलाउनुपर्ने लगाएतका माग राखेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी