
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – साधना लघुवित्त वित्तीय संस्थाको आइपिओ आइतबारदेखि बिक्रि खुल्ला भएको छ । बिक्री खुला भएको संस्थाको आइपिओमा सोमबार १२:३० बजेसम्म ५१ लाख ७८ हजार ६ सय कित्ताको लागि २ लाख ९ हजार ६७१ जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको अनुसार
यो माग भन्दा ७.८२ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री खुल्ला गरेको हो । कम्पनीले जारी गर्न लागेको आइपिओमध्ये ०.५०% अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको छ । यस्तै, ५% अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला हुनेछ ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ । यसमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको यो आईपीओ असार २१ गतेबाट असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । यस समयमा सबै आइपीओ बिक्री नभएमा साउन ४ गतेसम्म बिक्री खुला हुनेछ । यस कम्पनीको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्