काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । ग्लोबल आइएमई क्यापिटलको कार्यालय, जमलमा भएको बाँडफाँडमा ६६ हजार १५२ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी आवेदकको भएन हात खाली भएको छ । लघुवित्तको आइपीओमा ३ लाख ८१ हजार ६७७ जना आवेदकको भने हात खाली भएको हो ।
संस्थाको आइपीओमा कुल १ अर्ब १२ करोड ५९ लाख ८५ हजार रुपैयाँको आवेदन परेको थियो । ४ लाख ५८ हजार ६४३ जनाले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा १७.०२ गुणा बढी हो । आइपीओमा आवेदन गर्ने आवेदकमध्ये ८५ प्रतिशतभन्दा धेरैको हात खाली भएको छ ।
लघुवित्तको आइपीओमा कुल ४ लाख ४८ हजार ६४० वटा योग्य आवेदनबाट १ करोड ९ लाख ९९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । जसमा ७९१ वटा आवेकको आवेदन रद्ध भएको छ। नतिजा अर्थ सरोकार डटकममा हेर्न सक्नुहुनेछ ।