×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्तको आइपीओ आज साँझ ५ बजे बाँडफाँट हुँदै !

PRIME CA
GLOBAL IME BANK

साधना लघुवित्तको आइपीओ आज साँझ ५ बजे बाँडफाँट हुँदै !

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको आइपीओ आज (सोमबार) बाँडफाँट हुने भएको छ । आइपीओ बाँडफाँट बिक्री प्रबन्धक ग्लोबल आइएई क्यपिटलकै कार्यालय जमलमा साँझ ५ बजे हुने भएको हो । संस्थाको आइपीओमा कुल १ अर्ब १२ करोड ५९ लाख ८५ हजार रुपैयाँको आवेदन परेको छ । जसमा ४ लाख ५८ हजार ६४३ जनाले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका हुन् । जुन १७.०२ गुणा धेरै हो । गोलाप्रथा प्रणालीबाट आइपीओ बाँडफाँट हुनेछ । 
साधनाले असार २१ गतेबाट ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री खुला गरेको  । जसमा ०.५०% अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको थियो । यस्तै, ५% अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।
हाल यस कम्पनीको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: