×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्तको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ? (विस्तृत विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

साधना लघुवित्तको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ? (विस्तृत विवरणसहित)

Artha Sarokar

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साधना लघुवित्तको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुल्ला गरेको हो । कम्पनीले जारी गर्न लागेको आइपिओमध्ये ०.५०% अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको छ । यस्तै, ५% अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला हुनेछ ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ । यसमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ । 
कम्पनीको यो आईपीओ असार २१ गतेबाट असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । यस समयमा सबै आइपीओ बिक्री नभएमा साउन ४ गतेसम्म बिक्री खुला हुनेछ । यस कम्पनीको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी