Skip to content
LAXMI SUNRISE BANK

साधना लघुवित्तको आइपीओमा १७.०२ गुणा बढीले दिए आवेदन, १० हजार ३१ जनाको आवेदन रद्द

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिनेको अन्तिम तथ्यांक आएको छ । यस आइपिओमा मागेको तुलनामा १७.०२ गुणा बढीले आवेदन दिएको छ । यसमा ४ लाख ५८ हजार ६४३ जनाले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका हुन् । आवेदन दिएका १० हजार ३१ जनाको आवेदन रद्द भएको छ ।
साधना लघुवित्तको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री खुल्ला भएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुल्ला गरेको हो । कम्पनीले जारी गर्न लागेको आइपिओमध्ये  ०.५०% अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको छ । यस्तै, ५% अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला हुनेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK