×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाजको पसारो ! आफ्नै सीइओको नाम पनि लेख्न जान्दैनन् सगरमाथा इन्स्योरेन्सका कम्पनी सचिव !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सगरमाथा इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चंकी क्षेत्री नियुक्त भएका छन् । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई नियुक्त गरेको हो । क्षेत्रीको कार्यकाल असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि रहने कम्पनीले जानकारी गराएको छ ।
तर कम्पनीका कम्पनीसचिवले भने आफ्नै सीइओको नामसमेत लेख्न नजानेको तथ्य बाहिर आएको छ । उनले चंकी लेख्नु पर्ने ठाउँमा चंखू क्षेत्री लेखेका छन् । यस्तो पत्रलाई कानुनीसमेत मानिंदैन । नियमअनुसार अव पुन: कम्पनीले अर्को पत्र लेख्नुपर्नेछ ।
यता कम्पनीका सूचना अधिकारी श्रवण कुमार रावलले पनि कम्पनीको तर्फबाट गल्ती भएको र गल्ती तुरुन्त सच्याएर नेप्सेलाई अर्को पत्र पठाइने जानकारी दिएका छन् ।      
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: