×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सगुन’ कि ‘ठगुन’ ? नेपालीलाई वेवकुफ बनाएर चलिरहेको ठगीधन्दा छताछुल्ल ! लगानी नगर्न धितोपत्र बोर्डको आह्वान !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । विज्ञापन संघकै एक पधाधिकारीको विज्ञापन एजेन्सीलाई ‘दलाल’ बनाएर केहि मुट्ठीभरका मिडियालाई चुप लगाएर नेपालमा चलिरहेको सगुनको ठगी धन्दा अन्तत: छताछुल्ल भएको छ । केहि मिडियाहरुलाई प्रयोग गरेर गैरकानुनी सगुनमा लगानी गर्न नेपालीहरुलाई आव्ह्वान गरिएको थियो । तर त्यस्ता कम्पनीहरुमा लगानी नगर्न नेपाल धितोपत्र बोर्डले सूचना नै जारे गरेर सबैलाई सचेत बनाएको छ । यसअघि पनि यो ठग कम्पनीले थुप्रै नेपालीहरुलाई ठगेको थियो । थुप्रै नेपालीहरुलाई ठगेपछि सगुनले सगुन नभई ‘ठगुन’को उपनाम पाएको थियो । 
सगुनमा लगानी निकै उच्च जोखिमयुक्त छ । एक त यो डुब्ने सुरसार भएको कम्पनी हो भने अर्कोतर्फ यो संसारको कुनै स्टक एक्स्जेञ्जमा सुचिकृत भई नियमित कारोबार हुने साधारण शेयर पनि होइन । यो अरू जस्तो स्टक बजारमा कारोबार भईहाल्ने शेयर होइन । त्यसैले यो सेयरमा लगानी भन्दा पनि बढी ठगीधन्दामा पैसा डुबाउने खेल भएको तथ्यमा कुनै शंका छैन । 
अहिलेसम्म सगुनले कुनै आम्दानी प्राप्त गरेको छैन भविष्यमा गर्छ भन्नेपनि कुनै ग्यारेण्टी छैन । यसबाट पनि सगुनबाट नेपालीहरु ठगिंदै आएका छन् भन्ने तथ्य बुझ्न गाह्रो छैन।  सगुनले विदेशमा बस्ने नेपालीलाई भवानात्मक रूपमा यो शेयरमा लगानी गर्न आग्रह गरिरहेको छ । तर लगानी नाफाका लागि गरिन्छ, नकि भावनामा बगेर भन्ने तथ्य पनि धेरैले बुझ्दै आएका छन् । यसअघि पनि नेपालीलाई बेवकुफ बनाउन सफल भएपछी सगुनले पुन: लगानी गर्न आह्वान गरेको थियो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: