×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संचालनमा आए साझाका बस, आजबाट यी रुटमा चल्दैछन् २६ बस, सर्वसाधारणलाई राहत !

LAXMI SUNRISE BANK

संचालनमा आए साझाका बस, आजबाट यी रुटमा चल्दैछन् २६ बस, सर्वसाधारणलाई राहत !

१ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साझा यातायातले आज (बिहीबार)बाट २६ वटा बस सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको यातायात सेवालाई सरकारले संचालनको अनुमति दिएसंगै साझाले आजदेखि २६ वटा बस सञ्चालनमा ल्याएको हो ।
साझाले यसअघि बस चल्दै आएका ८ वटा रुटमा सेवा सुरु गर्न लागेको हो । लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा चल्ने छन् । साझाले सरकारले तोके अनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिएर यात्रुलाई सेवा दिइन लागेको कम्पनीले जनाएको छ ।
यात्रु तथा चालकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सरकारले तोकेका सबै मापदण्ड पालना गरिनेपनि साझाले जनाएको छ । यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न भनिएको छ । यता सोमबारबाट मयूर, संयक्त, महानगर, सुन्दर यातायातलगायतका बस संचालनमा आइसकेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी