
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साझा यातायातले साउन १ गते (बिहीबार)बाट सेवा दिने भएको छ । कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको यातायात सेवालाई सरकारले संचालनको अनुमति दिएसंगै साझा भोली (बिहिबार)देखि संचालनमा आउने भएको हो ।
साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयका अनुसार भोलि साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने भएका छन् । गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्नेछन् । साझाले सरकारले तोकेअनुसार यात्रुसँग साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिनेछ ।
सरकारले तोकेका सबै मापदण्ड पालना गरिने पनि प्रमुख पाण्डेयले बताए । यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ । यता सोमबारबाट मयूर, संयक्त, महानगर, सुन्दर यातायातलगायतका बस संचालनमा आइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्