
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साझा यातायातले पनि साउन १ गतेदेखि बस सञ्चालनमा ल्याउने भएको छ । आजदेखि मयुर यातायात संचालनमा आएसंगै साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधरले पनि साउन १ गतेदेखि बस सञ्चालनको तयारी थालिएको बताएका हुन् ।
यद्यपि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरे पनि आधिकारिक रुपमा जानकारी नआएकाले पत्र लेखेर कुन विधि अपनाएर सेवा सुरु गर्ने भन्ने विषयमा जानकारी माग गरिएको निर्देशक तुलाधरले जानकारी दिए । तुलाधरले ४० सिट क्षमताको गाडी २० जना मात्रै राखेर गुडाउँदा सर्वसाधारणको अवरोध हुन सक्नेतर्फ पनि ध्यान दिँदै त्यसका लागि प्रशासनले पनि सहयोग गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।
यता आजदेखि काठमाडौँ उपत्यकामा मयूर यातायात संचालनमा आएको छ । कम्पनीले काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई वटा बस संचालनमा ल्याइएको र रिंगरोडमा ४ वटा बस चलाउन थलिएको जनाएको छ । यस्तै कम्पनीले २/३ दिनमा २०/२२ वटाबस संचालनमा ल्याउने तयारी गरेको छ । अहिले कम्पनीसंग ४४ वटा बस छन् । मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको हो । बसमा मास्क अनिवार्य गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्