×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

समिट लघुवित्त र सजिलो लघुवित्तको मर्जर प्रस्ताव पारित, मर्जरपश्चात एफपीओ निष्काशन गर्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । विर्तामोड, झापामा केन्द्रिय कार्यालय रहेको समिट लघुवित्त वित्तीय संस्था लिमिटेड र गोरखामा केन्द्रिय कार्यालय रहेको सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन् । असार २१ गते सम्पन्न सजिलो लघुवित्तको दोस्रो वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले १:१ सेयर स्वाप रेशियामा मर्ज हुने प्रस्ताव पारित गरेको हो । 
मर्जरपश्चात बन्ने लघुवित्तको चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँ पुग्नेछ । यस्तै सिईओमा समिट लघुवित्तका सिईओ देवेन्द्र बहादुर बस्नेत रहने छन् । मर्जरपश्चात उक्त लघुवित्तले एफपीओ निष्काशन गर्ने निर्णय भएको सजिलो लघुवित्तका अध्यक्ष प्रदित कुमार रेग्मीले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: