Skip to content
LAXMI SUNRISE BANK

सलहको झुण्ड डडेल्धुरामा पनि देखियो, भोकमरि हुने चिन्तामा कृषक !

अर्थ सरोकार

  • दिपकराज भट्ट/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
डडेल्धुरा । डडेल्धुराको भागेश्वर, अजयमेरु गाउपालिका, परशुराम नगरपालिकामा कृषिबालीमा क्षति पुर्याइ अनिकाल निम्त्याउने सलहको झुण्ड देखा परेको छ । भागेश्वर गाउँपालिकाको वडा नम्बर ३ बोगटा, खालमा अजयमेरु ,परशुराम काखकेहि ठाउमा सलह देखिएको स्थानीयले बताएका छन् ।
 
गाउँमा सलहको ठुलो झुण्डमा सलह आएको तर उता  गाउँपालिकाले भने आफुलाई त्यसबारे कुनै जानकारी नभएको बताएको छ। गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक दान विष्टले गाउँपालिकाभित्र सलह प्रवेश गरेको जानकारी नभएको बताएका छन् । 
यसले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको बताइएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK