×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्याङ्जाका प्रहरी प्रमुखलाई नै कोरोना पुष्टी भएपछि सुरक्षा व्यवस्थामा थप कडाई, सार्वजनिक यातायात नचल्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्याङ्जाका प्रहरी प्रमुखलाई नै कोरोना पुष्टी भएपछि सुरक्षा व्यवस्थामा थप कडाई, सार्वजनिक यातायात नचल्ने

Artha Sarokar

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । स्याङ्जामा जनताको सुरक्षामा खटिएका सुरक्षा निकाय प्रमुख नै कोरोना संक्रमित बनेपछि सुरक्षा व्यवस्थामा थप कडा पारिएको छ । सोमबार मात्रै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुखलाई कोरोना पुष्टि भएको थियो । अहिलेसम्म स्याङ्जामा २१ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको छ ।
जिल्ला संक्रमणको दर थप बढ्न नदिन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अत्यावश्यक बाहेकका काममा नहिँड्न सर्वसाधारणलाई अनुरोध गरेको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिने बताए । ‘अत्यावश्यक बाहेकका कुनै पनि सेवा सञ्चालन नगरौं, अत्यावश्यक सेवा पनि नियन्त्रित रुपमा गरौं भनेका छौं,’ उनले भने, ‘सार्वजनिक यातायात नचलाउन व्यवसायीहरुलाई भनेका छौं । उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सका माध्यमबाट व्यापारीहरुलाई पनि अनुरोध गरेका छौं ।’
संक्रमण फैलिन नदिनको लागि आवागमनमा रोक लगाइएको उनले बताए । संक्रमित सुरक्षाकर्मीको अहिले स्याङ्जाकै आइसोलेसन कक्षमा उपचार भइरहेको छ । संक्रमित सुरक्षाकर्मीको सम्पर्कमा आएकाहरुको पनि खोजी कार्य भइरहेको उनले जानकारी दिए । ९८ जना सुरक्षाकर्मीको स्वाब जाँचको लागि संकलन गरिएकोमा ६४ जनाको नतिजा आउन बाँकी रहेको उनले बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी