- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले उक्त आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ दरको ३० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न धितोपत्र बोर्डसंग अनुमति मागेको हो ।
कम्पनीको बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । आइपिओ निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।