×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : सङ्खुवासभा बजार डुबानमा, म्याग्दीको मालिका गाउँपालिकाका घरहरु पहिरोको उच्च जोखिममा !

PRIME CA

देश बोल्ने फोटो कथा : सङ्खुवासभा बजार डुबानमा, म्याग्दीको मालिका गाउँपालिकाका घरहरु पहिरोको उच्च जोखिममा !

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले सङ्खुवासभा बजार डुबानमा परेकोदेखि म्याग्दीको मालिका गाउँपालिकाका घरहरु पहिरोको जोखिममा रहेकासम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
गत सोमबारदेखिको वर्षाका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङ्टार बजार डुबानमा । उक्त वर्षाका कारण यहाँका तीन घर पूर्णरुपमा क्षति भएका छन् । 
सङ्खुवासभाको खाँदबारी नगरपालिका –९ स्थित तुम्लिङटारमा डुबानमा परेको दुर्गामन्दिर  र आसपास क्षेत्र । अविरल वर्षापछि पानी जाने निकास नहुँदा सो क्षेत्र डुबानमा परेको हो । 
पहिरोको जोखिममा रहेका म्याग्दीको मालिका गाउपालिका–७ बिमका घरहरु ।
तनहुँको बन्दिपुर गाउँपालिका–४ स्थित बिमलनगर र गोरखाको पालुङटार नगरपालिका–७ कुमालटारी जोड्ने गरी मस्र्याङ्दी नदी माथि निर्माण गरिएको मोटरेवल पुल । उक्त पुल निर्माण पश्चात तनहुँ, गोरखा र लमजुङ गरी तीन जिल्लाका हजारौ मानिसहरु लाभान्वित हुने भएका छन् ।
रानीपुरका युवा सनवोरा नदी तटीय क्षेत्रमा रोप्न बाँसका जरा साइकलमा लैजाँदै । नदीको बाढीले गर्ने भूक्षय रोक्न बाँसलगायत विभिन्न बिरुवा रोप्ने क्रम यहाँ बढेको छ । 
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालय परिसरभित्र ल्याएर छाडिएका छाडा चौपाया । छाडा चौपाया व्यवस्थापन क्षेत्रमा सुरक्षा चुनौती भएको जनाउँदै २०० बढी गाई वस्तु गोठालाले छाडा चौपाया नगरपालिकामा ल्याएर छाडेका छन ।
काठमाडौँको महाबौद्धमा मङ्गलबार कोरोना भाइरस पिसिआर परीक्षणका लागि लामबद्ध स्थानीयवासी ।
नुवाकोटको विदुर नगरपालिका–४ का किसान हालै खेतमा उत्पादित  मकै उपकरणको सहायताले छोडाउदै । उपकरण तथा कृषि औजारको सहायताले किसानको दैनिक सहज र लागत कम गराउन सहयोग पुगेको छ । 
एक वर्षदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाउने तयारी गर्दै  नगर उपप्रमुख विमला राई । घाँस काट्न गएको समयमा रूखबाट लडेर गम्भीर घाइते बनेकी १९ वर्षीया खत्रीको कम्मरमुनिको भाग नचल्नाका साथै पेट दबिएर रित्तो भाँडोजस्तै भएको छ ।
राप्ती लोकमार्गअन्तर्गत दाङ–सुर्खेत सडकखण्डमा चल्ने गाडीको सामाजिक दूरी कायम भएरर नभएको जाँच गर्दै सुरक्षाकर्मी ।
डोटीको जोरायल गाउँपालिकस्थित घण्टेश्वर माविका भौतिक संरचनाहरु स्वास्थ्यकर्मीद्वारा निर्मलीकरण कार्य गर्ने तयारी गरिँदै । लामो समयदेखि क्वारेन्टिन निर्माण गरिएका भवनहरु खाली भएपछि पठनपाठन गर्नका लागि निर्मलीकरण गरिन लागेको हो ।
बाढीले कोशी क्षेत्रमा जहाँ कटान सुरु हुन्छ त्यहाँ  मर्मत गर्न सुनसरीको बराहक्षेत्र नगरपालिकामा  तयारी अवस्थामा राखिएको तार, जाली, ढुङ्गा र बालुवा । 
बाढीले कोशी क्षेत्रमा जहाँ कटान सुरु हुन्छ त्यहाँ मर्मत गर्न सुनसरीको बराहक्षेत्र नगरपालिकामा तयारी अवस्थामा राखिएको तार, जाली, ढुङ्गा र बालुवा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: