×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीमा सर्वसाधारणको लापरवाही…जसले निम्त्याउँदैछ कोरोनाको संक्रमण

PRIME CA
GLOBAL IME BANK

सप्तरीमा सर्वसाधारणको लापरवाही…जसले निम्त्याउँदैछ कोरोनाको संक्रमण

१४ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सप्तरी । सप्तरीमा मास्क नलगाई हिँड्नेलाई कारवाही गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता तिलक भारतीले मंगलबार राजविराज बजार क्षेत्रलगायत कञ्चनरुप, कल्याणपुर, शम्भुनाथ बजारबाट मास्क नलगाई हिँड्ने १२३ लाई नियन्त्रणमा लिइएको बताए । नियन्त्रणमा लिइएका १२३ जनाबाट प्रतिव्यक्ति १०० जरिवाना तिराएर छाड्ने गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । 
जसबापत १२ हजार ३०० राजस्व सङ्कलन हुने प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए । जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार सूचना जारी गर्दै सार्वजनिक स्थानमा हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन आग्रह गरेको थियो । सूचनामा मास्क नलगाउनेलाई कारवाही गर्ने चेतावनीसमेत दिइएको छ । मास्क नलगाई सार्वजनिकस्थलमा हिँडडुल गर्नेलाई दुई दिन सचेत गराइएपछि सरकारको निर्णय अवज्ञा गर्नेलाई नियन्त्रणमा लिई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: