
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित बृद्धको परिवारको कोरोना परिक्षण भएको छ । कोरोना परिक्षणको रिपोर्टमा सबैजना सदस्यमा कारोना पोजेटिभ देखिएको छ ।
राजविराजका ७२ वर्षीय बृद्वको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो ।
मृत्यु भएका बृद्धकी पत्नी, छोरा, बुहारी र नाति, नातिनामासमेत कोरोना पुष्टि भएको राजविराज नगरपालिका-६ का अध्यक्ष प्रेम यादवले जानकारी दिए । संक्रमण देखिएका सबैलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।
मृतक बृद्धको परिवार दुई साताअघि भारतबाट फर्किका थिए । मृतकले आफ्नी पत्नीलाई उपचार गराउन गत फागुनमै परिवारसहित भारत गएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्