
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साउदी अरबमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि उडान तालिका सार्वजनिक भएको छ । साउदीस्थित नेपाली महावाणिज्यदूतावासको पहलमा साउन ७ गते हुने भनिएको उडान साउन १८ गते (अगस्त २) हुने भएको हो ।
असार २८ गते (१२ जुलाई) मा प्रकाशित नामसूचीअनुसार क्रम संख्या ५०० सम्म हुने दूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ । उक्त उडानमा स्वदेश फर्कन पाउने नेपालीहरुले टिकट काटिसकेपछि मात्र कोरोना परीक्षण गर्न दूतावासले अनुरोध गरेको छ ।
यस्तै साउदीको जेद्दाबाट हुने पाँचौं उडानका लागि साउन २४ गते लाई मिति तोकिएको छ । साउन २४ गतेको पाँचौं उडानका लागि असार १८ गतेको चौथो उडानपछि मात्र कोरोना परीक्षण गरी टिकट खरिद प्रक्रिया अगाडि बढाउन दूतावासले अनुरोध गरेको छ । दूतावासले असार २८ गतेको नामअनुरुप क्रम संख्या ५०१ देखि १२९८ सम्म नाम हुनेले टिकटको प्रक्रिया अगाडि बढाउन भनेको छ ।
यसअघि सूचीमा नाम प्रकाशित भएका नेपालीहरू पनि पाँचौं उडानका लागि प्राथमिकतामा राखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्